आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्तिको मृत्यु



काठमाडौं : उपमहानगरपालिका वडा नम्बर २ स्थित भानुभक्त टोलमा आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्तिको मृत्यु भएको छ। केही दिनदेखि घरको ढोका नखुलेको देखेपछि स्थानीय छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए।
खबर प्राप्त हुनासाथ हलगडाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि स्थानीय जनप्रतिनिधि, इलाका प्रहरी कार्यालयबाट खटिएको थप प्रहरी टोली तथा मृतककी श्रीमतीको उपस्थितिपछि ढोका फोडेर घरभित्र प्रवेश गरिएको थियो।
ढोका खोलेर हेर्दा मृतकको आधा शरीर शौचालय (टोइलेट) भित्र र आधा बाहिर घोप्टो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शव अर्धनग्न अवस्थामा रहेको र केही दिन पुरानो भएकाले फुलेको अवस्थामा भेटिएको बताइएको छ।
मृतक राजेश बिष्ट रहेको र उनको उमेर अन्दाजी ४० देखि ४५ वर्षको बीचमा रहेको स्थानीयले जानकारी दिएका छन्। मृतककी एक छोरी रहेको पनि जनाइएको छ। मृतक र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेदको अवस्था रहेकाले उनीहरू केही समयदेखि अलग अलग बस्दै आएको स्थानीयको भनाइ छ।
घटनास्थलको अवस्था हेर्दा नुहाउने क्रममा उच्च रक्तचापका कारण लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका रहेको छ। यद्यपि घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र पुष्टि हुने इलाका प्रहरी कार्यालयले जनाएको छ।

नेपाल – कतार कुटनितिक उपहार : रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे , भोली कतार उड्ने

नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुर्‍याएको छ। चितवन

पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध भ्रष्टाचारको मुद्दा लिएर अख्तियार पुग्यो सर्वोच्च अदालत

काठमाडौं : भ्रष्टाचार विरोधी परिचय बनाएका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध मेलम्ची

गभर्नर – गृहमन्त्री संवादपछि बैंक कर्मचारीमाथि कालोमोसो र जुत्ताको माला लगाउने दुई जना पक्राउ

“धितो लिलामीको विषयमा छलफल गर्न गएका कर्मचारीमाथि आक्रमण, सप्‍तकोशी एग्रो फर्मका सञ्चालक पक्राउ”

लामो समय नास्तिक मानिएका एलन मक्स भन्छन , ‘सृष्टिको पछाडी कुनै शक्ति छ ‘

टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत तथा विश्वका चर्चित अर्बपति एलन मस्कले सृष्टि

 सामाजिक सञ्जालमा हामी