शहीदहरुले देखेको सपनाकको सार देशको समृद्धि र जनताको सुख हो : प्रधानमन्त्री ओली



माघ १६/काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सहिद दिवसका अवसरमा श्रद्धाञ्जलि  वक्तव्य जारी गर्नु भएको छ ।
वक्तव्य
हार्दिक श्रद्धाञ्जलि
शहीद दिवस २०७७ का अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो
अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।
जहानियाँ राणा शासन बिरुद्धको संघर्षका क्रममा विसं १९९७ सालमा नेपाल आमाका बीर सपूतहरु शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गर्नुभएको थियो । बलिदानको त्यही गाथालाई हामीले शहीद सप्ताहका रुपमा मनाउने गरेका छौँ । र, सोही संघर्षको भावभूमिबाट जनसंघर्षको ज्वार उठेर २००७ सालमा एक सय चार वर्ष लामो जहानियाँ राणा शासन अन्त्य भएको थियो । त्यसयता जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरंकुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदहरुको बलिदानमार्फत हामीले सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेका छौँ ।
आज हामीले जनतालाई अधिकारसम्पन्न बनाई शहीदहरुको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेका छौँ । लोकतान्त्रिक अधिकार, कानूनी राज्य, न्याय र समानतामा आधारित राज्यव्यवस्था सहितको प्रणाली संस्थागत भएपछि अधिकार प्राप्तिका लागि गरिएको लामो संघर्षको चरण पूरा भएको छ । शहीदहरुको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक ब्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा हामी छौँ । सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको ब्यवहारिक कार्यान्वयन मार्फत् मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढेको छ । हाम्रा प्रातस्मरणीय शहीदहरुले देखेको सपनाकको सार देशको समृद्धि र जनताको सुख हो । देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि तिनै शहीदहरुका सपनालाई मूर्तरुप दिन हामीले वितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौँ । भैतिक पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, विपद्मा परेका जनताको ब्यवस्थित आवास निर्माण र स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएका छौं । हामीले थालनी गरेका विकासका दूरगामी योजनाहरुले जनताको जीवनमा परिवर्तन ल्याउने छन् ।
शहीदहरुको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तब्य हामीले तय गरेका हौँ । समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य छ । सुस्थीर राजनीतिमा ब्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकाङ्क्षा बिरुद्ध खडा गरिएका चुनौतिहरुलाई हामी सबैले एकजुट भएर पारजित गर्नु पर्दछ । हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र ब्यवहारिक रुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामहरुलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै हामी सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौं । हाम्रा अमर शहीदहरुको बलिदानीले हामीलाई देखाएको मार्गदर्शन पनि यही हो ।
अन्त्यमा, शहीद दिवसका अवसरमा सबैलाई समाज र राष्ट्रको हितमा निस्वार्थ रुपमा सक्रिय हँुदै अघि
बढ्न प्रेरणा मिलोस् भन्ने अपेक्षा गर्दछु । र, लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने अमर शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।
१६ माघ २०७७
Image may contain: text
काठमाडौं महानगरपालिकाले गर्यो तीन हजार बढी कुकुरको बन्ध्याकरण

काठमाडौं- काठमाडौं महानगरपालिकाले विगत दुई महिनाको अवधिमा तीन हजार चार सय ६९ सामुदायिक कुकुरको

त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन बरामद

काठमाडौँ ।भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ

सुख्खा बन्दरगाह भन्सारका शंकास्पद ३९१ कन्टेनरको भौतिक परीक्षण गरिने

काठमाडौं । वीरगञ्ज सुख्खा बन्दरगाह भन्सारमा अवैध रुपमा आएर बसेका ३९१ कन्टेनरको भौतिक

सतुंगलमा भन्सार छलेर ल्याएको १८ हजार ८५० केजी चिनी बरामद

काठमाडौँ । काठमाडौँको सतुंगलमा भन्सार छलेर ल्याएको चिनी फेला परेको छ । वाणिज्य,

 सामाजिक सञ्जालमा हामी