जनताको कर बाट तलब खादै,जनतालाई नै सास्ती
सिन्धुपाल्चोक । आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड-माधव पक्षले नेपाल बन्दको आव्हान गरेको छ र धेरै ठाउँ बन्द को प्रभाव परेको छ ।
सिन्धुपाल्चोक मा भने फरक दृश्य देखिएको छ । जिल्ला समन्वय समितिका संयोजक कृष्ण गोपाल तामाङ आफै सर्वसाधारण को पसल बन्द गर्दै हिडेका छन् । उनलेले मेलम्चीमा एक पसल बन्द गरेको फोटो सामाजिक संजालमा भाइरल भएको छ । उनी स्वयम जन प्रतिनिधि हुन् र जनताले तिरेको को कर बाट उनी तलब भत्ता खान्छन् र सरकारी गाडीमा सवार गर्दछन। अहिले जनता लाई दुख दिएको भन्दै उनको सर्वत्र आलोचना भएको छ ।