राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय बैठक भोलि,प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको बैठक भोलि काठमाडौमा हुने भएको छ ।
पार्टीमा बिभाजन भएपछि केपी ओली पक्षको युवा संघको अध्यक्षमा बचन सिंहलाई नियुक्त गरिएको छ । बचन सिंह अध्यक्ष भए पछिको यो पहिलो बैठक हो । भोलि काठमाडौमा हुने केन्द्रिय कमिटीको बैठक लाई नेकपाका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भताइएको छ ।
वचन सिंह नेतृत्वको युवा संघमा पुर्व माओवादी पक्षका युवा हरु लाई समेत समेटेर कमिटी बनाइएको हो । भोलि हुने बैठकमा नव मनोनीत सदस्यहरु लाई सपथ ग्रहणको कार्यक्रम पनि राखिएको महासचिव द्वारा जारी विज्ञप्तिमा बताइएको छ ।
हेर्नुस् विज्ञप्ति :