इजरायल र प्यालेष्टाइनबीच तनाव : समस्या परे सम्पर्क गर्न र सुरक्षित रहन दूतावासको अनुरोध



काठमाण्डौ – केही दिन यता इजरायल र प्यालेष्टाइनबीच बढेको तनावका कारण कुन समस्या भएमा सम्पर्क गर्न इजरायलमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

जेरुसेलम र दक्षिण इजरायली क्षेत्रमा सयौं रकेट आक्रमण भएको र गए राती मात्रै  गाजाबाट तेल अबिबलाई निशाना बनाई १८० भन्दा बढी रकेट प्रहार भएको भन्दै सकेसम्म सुरक्षित रहन र समस्या भएमा सम्पर्क गर्न दूतावासले विज्ञप्ति जारी गर्दै अनुरोध गरेको हो ।

यति बेला इजरायलमा रहेका सबै नेपालीलाई त्रसित तुल्याए पनि यसबाट नआत्तिन र सम्भव भएसम्म सुरक्षाका उपायहरू खोजी गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

साइरन बज्नासाथ घर भित्र हुनेले बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जान सकिन्छ । तर रकेट प्रहार भएको जानकारी पाउनसाथ झ्याल नजिक नजान र यदि घरबाहिर बजार, सडक, फार्म वा अन्यत्र कतै भएमा नजिकैको बङ्करमा पुगिहाल्नपर्छ । यी कुराहरू उपलब्ध नभएमा आफू भएकै स्थानमा सुरक्षाका उपायहरू अपनाउन सकिन्छ ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय