युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल,नेताहरूलाई जिम्मेवारी समेत दिइयो(नामवली)



जेष्ठ १७ , काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल चयन हुनु भएको छ ।

संघको हिजो देखी चलेको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नु भएको थियो। बैठकले पदाधिकारीहरु को कार्य बिभाजन समेत गरेको छ ।
यस अघि संघको नेतृत्व वचन सिंहले नेतृत्व गर्नु भएको थियो । संघ बाट बिदा हुनु भएका सिंहलाई सल्लाहकार समितीको संयोजक समेत बनाइएको छ । उमेर हकको कारण सिंहले छोटो समय संघको नेतृत्व गर्ने अबसर पाउनु भएको थियो ।

पदाधिकारीहरु लाई जिम्मेवारी प्रदान
आज सम्पन्न भएको बैठकले संघका पदाधिकारीहरुलाई विभिन्न जिम्मेवारी समेत प्रदान गरेको छ । संघ को काम लाई चलायमान बनाउनु प्रदेश तथा विभाग हरु को जिम्मेवारी दिइएको नव नियुक्त हुनुभएका प्रचारप्रसार विभाग प्रमुख असोक चौलागाईं ले बताउनु भयो ।

जिम्मेवारी प्राप्त गर्नुहुने नेतृत्वहरुमा संगठन विभागको प्रमुख क्षितीज थेवे (उपाध्यक्ष), प्रचार विभागको प्रमुख असोक चौलागाई (उपाध्यक्ष), महिला विभागको प्रमुख उर्मिला सुनुवार (उपाध्यक्ष), विदेश विभाग तिरण गौतम (उपाध्यक्ष), प्रकाशन विभाग रोशन बस्नेत (उपाध्यक्ष), प्रशिक्षण विभाग निर्पिन्द्र महत (उपाध्यक्ष), कार्यालय विभाग रामजी सापकोटा (महासचिव), कृषि विभाग जय गुरुङ आर्थिक विभाग मुकेश बुढाथोकी (कोषाध्यक्ष)लाई जिम्मेवारी दिइएको छ । त्यस्तै श्रम बिभागको प्रमुख प्रमुख रामकाजि बान्तावा (सचिव), बिज्ञान तथा प्रविधी बिभाग प्रमुख बिष्णुहरी त्रिपाठी (सचिव), पर्यटन बिभागको प्रमुख सुनिता बाेगटी, सहकारी बिभागको प्रमुख रविन थापा , प्राकृतिक स्रोत साधन बिभागको प्रमुख दिपेन पोमु रहनुभएको छ ।

त्यस्तै प्रदेश नं. १ को इन्चार्ज अञ्जना अधिकारी (उपाध्यक्ष), संयोजकमा विजय डाँगी, प्रदेश २ को इच्चार्ज संजिव कुमार झा (उपाध्यक्ष), संयोजक शिवचन्द्र सिंह, बाग्मती प्रदेशको इन्चार्ज अमित लामा (उपाध्यक्ष), संयोजक प्रकाश गौतम, गण्डकी प्रदेशको इन्चार्ज सन्तोष रावल (उपाध्यक्ष), संयोजक महेन्द्र गुरुङ, लम्बिनी प्रदेशको इन्चार्ज सुमन पुरी (उपाध्यक्ष), संयोजक तुलबहादुर अधिकारी, कर्णाली प्रदेशको इन्चार्ज सुमन बुढा (उपाध्यक्ष) र सुदुरपश्चिम प्रदेशको इन्चार्ज गजेन्द्र शाही (उपाध्यक्ष), संयोजक सन्तोष जोशी, प्रबास ईन्चार्ज योगेश साउदलाई जिम्मेवारी दिइएको छ । त्यस्तै विशेष प्रदेश कमिटीको इन्चार्जमा पुष्प श्रेष्ठ तथा संयोजकमा राजन थापालाई जिम्मेवारी दिइएको दिइएको प्रवक्ता चौलागाईले जानकारी दिनुभयो ।

प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी