ताक परे तिवारी नत्र गाेतामे के हाे ?



       बेला बखत कुराकानी गर्दा वैकल्पिक भाव सहितको याैटा वाक्यांश बाेलिन्छ। पहाडी मूलका प्रायः सबै जसाेबाट बाेलिने याे वाक्यांश तपाईंले पनि बाेल्नु भएको हुनसक्छ । याे उखान बुझेर बाेल्नु भएको छ कि लहैलहैमा बाेल्नु भएको हाे ; तपाईं आफु स्वयं नै आफुलाई कसी लगाउनुस !
वैदिक परम्परामा धेरै ऋषिगणकाे अस्तित्व रहेका छन्। सनातन ग्रन्थमा हामी ८८ हजार ऋषिहरुकाे पटकपटक चर्चा पाउँदछाैं। ८८ हजार ऋषिगण भए पनि शाश्त्रहरुमा मूलरूपमा सप्तऋषिकाे चर्चा पटकपटक आइरहन्छ । सप्तऋषि गण बिशेष पूज्य र स्तुत्य रहनु भएको छ।
ऋषि पन्चमीमा अरुन्धती सहित ऋषिहरुकाे बिशेष अर्चना गर्ने गरिन्छ; भने ऋषि तर्पणीमा ऋषिहरुलाई तर्पण दिने सनातन परम्परा रहेको छ। सप्तऋषि समुहमा अत्रि,बशिष्ठ,गाैतम,काश्यप,जमदग्नी र विश्वामित्र र भारद्वाजलाई मानिएको छ।
गाैतमहरुका कुरा गर्दा हामी अत्रि गाेत्रीय गाैतम हाैं। मतलव हामी नेपाली भाषी गाैतमहरुकाे गाेत्र अत्रि हाे। र हामी अग्निहाेत्र ब्राह्मण काशीदाशका वंशजहरु हाैं।
नेपाल,भुटान,बर्मा तथा भारतीय भू-खण्डहरुमा स्थान अनुसार थर लेख्दा गाैतम,गाेतामे,क्षत्री ,केसी,पाध्या,उपाध्याय,शर्मा,छेत्री,खत्री,गिरी,पुरी अादि थर लेख्ने चलन छ। पहिले गाेतामे लेखि पछि माथि उल्लेखित थरहरु लेख्ने नेपाली मूल भाषीहरु चाँही महर्षि अत्रि र माता अनुसूयाका वंशजहरु नै हुन्। मतलब हामीले जे जे लेखेर अाफ्नाे परिचय दिएपनि हामी विच वंश निकटता छ।
उता भारतकाे कुरा निकालाैं तेहाँ गाैतम थर (टाइटल) लेख्ने अनेपाली भाषी सज्जनहरु पनि धेरै पाइन्छन् । भारतमा रहने उनीहरु महर्षि गाैतमका सन्तानहरु हुन् । महर्षि गाैतमकी सहधर्मिणी अहिल्या हुन् । उनीहरु प्रायःले पनि गाैतम थर (टाइटल) लेख्ने गरेको पाइएको छ।उनीहरूकाे गाेत्र गाैतम हाे।
अत्रि गाेत्रका सगाेत्रहरु गाैतम ,कडरिया,खतिवडा ,वस्ती,चापागाईं,मिश्र,ठाडाराई अधिकारी ,हमाल,समाल,शाही ठकुरी,डाेटेल ,श्रीमल्ल,पहाडी,जाेशी,ओझा ,साखी आदि रहेका छन्। हामीले सगाेत्रलाई बन्धु- बान्धवकाे रुपमा व्यवहार गर्ने गरेका छाैं। र सनातन परम्परा अनुसार सगाेत्रका विचमा वैवाहिक नाता जाेड्न बर्जित छ भनिएको छ।
अब यहाँ उठान गरेको बिषय “ताक परे तिवारी नत्र गाेतामे” किन भनियो यसमा केन्द्रित रहाैं।
हामी गाैतमहरुलाई गाेतामे भन्दा कुनै तात्विक फरक पर्दैन नै । यहाँ उल्लेख गरिएका तिवारीहरु सप्तऋषि मध्ये महर्षि गाैतमका सन्ततिहरु हुन। अर्थात् तिवारीहरुकाे गाेत्र “गाैतम” हाे।
वास्तवमा गाेत्रबाट हाम्रो पहिचान स्थापन गरिएको भए पनि हुनेथियो । सुरुमा त गाेत्रबाट मात्रै पहिचान हुने गर्दथ्याे । तर पछि समयान्तरमा बसाेबास, अध्ययन,पदवी, जागिर , पेशा,विर्ता तथा विभिन्न घटनाक्रम अादिका कारणले विभिन्न थरहरु कायम हुदै गए।
गाैतम गाेत्रका सगाेत्रहरु तिवारी, सन्ज्याल, त्रिपाठी आदि रहेको पाइयो।
नेपाली जन जिब्रोले ब्यबहारिक शब्द र थरहरु उनेर धेरै तुक्काहरु बनाएका छन्। उखान तुक्का यात श्रृङ्गार अथवा हाँस्य रसमा अामाेदकालागि बनाइएका छन्। यात कसैको खिसिट्यूरी गर्नकालागि बनाइएको पाइन्छ ।
तर यहाँ न त खिसिट्यूरी छ न त प्रमाेद नै। यहाँ तिवारी थरकाे गाेत्र गाैतम भए पछि उनीहरूलाई थरका हिसाबले तिवारी भनेपनि भयो या गाैतम ऋषिका सन्तति भएकोले गाैतम भनेपनि भयो भन्ने अर्थमा यसाे भनिएको हुनसक्छ । यहाँ अवसरवादीकाे अर्थमा त भनिएको हैन ? एउटा सन्देह चै उठ्छ नै। या विकल्पकाे रुपमा पनि भनेको हुन सक्छ। मन्थन गरेर नाैनी निकाल्न रहल नै छ।
गाेतामकाेटबाट पल्लवित भएका हामी अत्रि गाेत्रीय गाैतमहरुलाई पहिले गाेतामे नै भनिन्थ्यो । अझै पनि गाेतामे लेख्नेकाे संख्या निकै पाइन्छ । तिवारीकाे गाेत्र गाैतम हाे। धेरै जसाे गाउँमा गाैतमहरु अधिक नै थिए, प्रायः जसाे सबै गाैतमलाई त्यसताका जनबाेलीमा गाेतामे नै भन्ने चलन थियो । गाँठी कुरा नबुझी गाैतम गाेत्रलाई पनि गाेतामे भनिएको हुनसक्छ । या भनाइमा सरलताका लागि गाेतामे भनिएको पनि हुनसक्छ । (कतै कतै एकलखे लगाएर बाेलाउँदा हाेच्याइएकाे अर्थमा पनि लिइन्छ)
हाम्रो थर गाेतामेबाट गाैतम हुनुमा धेरै लामो र राेचक इतिहास कथा छ। तेस प्रसङ्गलाई अलग्गै धेरै ठाउँमा चर्चा गरिएको छ।
सारमा तिवारी भन्नू र गाैतम भन्नू एकै भएको बुझियाे। कुनैबेला तिवारी भनिने र कुनैबेला गाैतम भनिने भएकोले पारखी पुर्खाहरुले याे तुक्का बनाएकाे हाे कि भन्ने मेरो बुझाइ रहेको छ।
नीति रमण गौतम 
६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

घर आगलागी हुदा रोल्पामा एक वृद्धाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको

टेरामक्स र वाइडबडी काण्डकाे अनुसन्धान अन्तिम चरणमा पुगेकाे छ : अख्तियार प्रमुख

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले टेरामक्स काण्डको अध्ययन-अनुसन्धान

 सामाजिक सञ्जालमा हामी