साल्ट ट्रेडिङले ग्यास, पिठो, नुन, चिनी, तेलमा दिन थाल्यो छुट, कतिमा पाइन्छ?
सरकारले बजेट वक्तव्यमा घोषणा गरे बमोजिमखाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले निषेधाज्ञा अवधिभर छुट सुविधा उपलब्ध गराउने भएको छ । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको विक्री मूल्यमा २० प्रतिशत छुट दिइने भएको हो ।
जसअनुसार अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर ११२० रुपैयाँ पर्नेछ। भटमासको तेल प्रतिलिटर १८८, नुन प्रतिप्याकेट १६, पिठो प्रतिकेजी ४४ र चिनी प्रतिकेजी ६३ रुपैयाँ २० पैसा पर्नेछ। चिनी र पिठाे २-२ केजीकाे प्याकेट मात्रै उपलव्ध हुनेछ।
हेरौ साल्ट ट्रेडिङ कर्पोरेसनको सुचना