स्वास्थ्यमन्त्री तामाङ द्वारा सम्पत्ति विवरण सार्वजनिक
२६ जेठ, काठमाडौं ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमै उहाँले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको हो ।
मन्त्री तामाङले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने बताउनु भयो । ‘जोसुकै होस् सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ,’ उहाले पत्रकार सम्मेलनमा भन्नु भयो ।
नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा के–के समेटिएको छ भन्ने खुलेको छैन ।