राष्ट्रिय युवा संघ द्वारा चौतारामा बृक्षारोपण कार्यक्रम सम्पन्न 



चौतारा,२४ असार । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त संगठनको जिल्ला कमिटीको आयोजनामा आज चैतारा क्याम्पसको प्राङ्गणमा बृक्षारोपण कार्यक्रम गरिएको हो ।

युवा संघले देशव्यापी आयोजना गरेको कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकमा नि सुरुवात गरिएको सिन्धुपाल्चोकका युवा नेता महेश चौलागाईंले बताउनु भयो । आज भएको कार्यक्रममा विभिन्न प्रजातिका ४०० भन्दा धेरै बोट तथा बिरुवा हरु रोपिएको थियो । कार्यक्रमको प्रमुख अतिथि युवा संघका उपाध्यक्ष अमित लामाले यो अभियान देशव्यापी रुपमा संचालन जानकारी दिनु भयो । युवाले गरेको रचनात्मक कार्यले सबैलाई सन्देश दिएको बताउनु भयो । कार्यक्रममा संघका उपाध्यक्ष उर्मिला सुनुवारको पनि विशेष उपस्थिति रहेको थियो भने केन्द्रिय देखी जिल्ला तह सम्ममाका नेता हरुको सहभागीता रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटीले प्रत्येक स्थानीय तहमा बृक्षारोपण कार्यक्रम संचालन गर्ने संघका जिल्ला अध्यक्ष राजकुमार सुवेदीले बताउनु भयो ।

 

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय