माओवादी निकट अखिल क्रान्तिकारी को सम्मेलन असोजमा हुने



काठमाडौ । माओवादी निकट अखिल क्रान्तिकारी को सम्मेलन असोजमा हुने भएको छ।
अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन असोज ८,९ र १० गते काठमाडौंमा हुने।अनेरास्ववियू ( क्रान्तिकारी ) को केन्द्रीय समितिको साउन २९ गते बसेको पुर्ण बैठकले उक्त निर्णय गरेको हो ।

संगठनका अध्यक्ष रन्जित तामाङको अध्यक्षतामा बसेको बैठकले महत्त्वपूर्ण निर्णयहरु समेत गरेको छ । हेरौ क्रान्तिकारीले गरेको निर्णय ।

१) २२औं राष्ट्रिय सम्मेलन

(क) अनेरास्ववियू (क्रान्तिकारी ) को २२ औं राष्ट्रिय सम्मेलन यहि २०७८ असोज ८, ९ र १० गते काठमाडौंमा गर्ने निर्णय गरिएको छ।

(ख) राष्ट्रिय सम्मेलनको मुल नारा निम्न अनुसार रहनेछ :
शिक्षा , स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन,
राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन

(ग ) वर्तमान केन्द्रीय समिति राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण भएको छ । आयोजक समितिकै रुपमा सम्मेलनसम्म केन्द्रीय पदाधिकारी तथा अन्य सदस्यहरुको जिम्मेवारी यथावत रहनेछ ।

(घ) सम्मेलन तयारीको सन्दर्भमा संगठनात्मक काम
— भाद्र १५ गते सम्ममा – इकाई , क्याम्पस, पालिका भेला/सम्मेलन गरिसक्ने
— भाद्र २५ गते सम्ममा – जिल्लाहरुको भेला / सम्मेलन गरिसक्ने
— भाद्र २५ देखि असोज १ गतेसम्ममा – प्रदेश भेला /सम्मेलन गरिसक्ने
— सबै तहका भेला /सम्मेलनहरु सहमतिका आधारमा गरिनेछ ।
— संगठनको विधानलाई थप ब्यवस्थित गर्न भर्चुअल माध्यमबाट विधान सम्मेलन गरिनेछ।

च) राजनीतिक / वैचारिक काम

— ‘जनवादी शिक्षाको क्षेत्रमा प्राप्त उपलब्धि र समाजवादी शिक्षा प्राप्तिको मार्गचित्र ‘ विषयक विशेष वहस कार्यक्रम गरिनेछ।

— ‘वदलिंदो परिस्थितिमा विद्यार्थी आन्दोलनको कार्यदिशा ‘ विषयक विशेष बहस कार्यक्रम गरिनेछ।

— ‘ राष्ट्रिय स्वाधीनता र शिक्षामा राष्ट्रियता ‘ विषयक अन्तर्क्रिया गरिनेछ ।

(ङ) कोभिड कहरलाई मध्यनजर गर्दै यस राष्ट्रिय सम्मेलनमा आयोजक सहित जम्मा ७९९ जना प्रतिनिधि समावेश गरिनेछ । गत २१ औं राष्ट्रिय सम्मेलनमा २२ सय प्रतिनिधि सहभागी भएका थिए ।

(च) राष्ट्रिय सम्मेलनका लागि विभिन्न समिति र उपसमिति

१) मुल ब्यवस्थापन समिति – संयोजक – रञ्जित तामाङ , सदस्यहरु – सिङ्गो केन्द्रीय समिति।

२) प्रतिबेदन लेखन :- संयोजक – रञ्जित तामाङ , सदस्यहरु -कार्यालय सदस्यहरु।

३) बिधान मस्यौदा :-संयोजक – उत्तम अधिकारी, सदस्यहरु – लक्ष्मी जोशी , प्रबिणा अधिकारी ,पवन कार्की , गजेन्द्र देव , मदन भूल ।

४) प्रचार प्रसार तथा प्रकाशन :- संयोजक – सुरेन्द्र बस्नेत, सदस्यहरु – जिपि मैनाली, क्षितिज सापकोटा ।

५) आर्थिक ब्यवस्थापन:- संयोजक – पञ्चा सिंह , सदस्य हरु – दिपेश पुन , मिलन एमसि , केशव रावल ।

६) अथिति ब्यवस्थापन :- संयोजक – दिपक देबकोटा,सदस्यहरु – आशा तमु , नरेश रेग्मी ।

७) प्रतिनिधि छनौट तथा अभिलेखिकरण :- संयोजक – तिलकराज भण्डारी, सदस्यहरु – नारायण खनाल, सुर्यनारायण शाह , मदन भट्टराई ।

८ ) मेस तथा मञ्च ब्यवस्थापन :- संयोजक – बिजय गौतम, सदस्यहरु – दिपक जोशी , अमरजंग शाही ।

९) स्वयंसेवक :- संयोजक – ईन्द्र भुषाल, सदस्यहरु – तुकमान महरा, राजकुमार लिम्बु , सञ्जय कालधन ।

१०) स्वास्थ्य :- संयोजक – दिपेश पुन, सदस्यहरु – डा. अच्युत भट्ट, कल्पना मियां ।

११) कार्यालय तथा प्राबिधिक :- संयोजक – रबिकिरण यादव, सदस्यहरु – कार्यालय टिम ।

छ ) समसामयिक विषयमा वैठकका अन्य निर्णयहरु:

१.चिकित्सा शिक्षा आयोगद्वारा मेडिकल र पारामेडिकल अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा क्षमताभन्दा थोरै विद्यार्थी मात्र उतीर्ण गराइएको हुँदा तत्काल पुन: प्रवेश परीक्षाको मिति सार्वजनिक गरी विद्यार्थीहरूलाई देश भित्रै अध्ययनको वातावरण बनाउन जोडदार माग गर्दछौं ।

२) मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी संगठनहरुले उठाएका न्यायपुर्ण मागहरुलाई सार्थक वार्तावाट हल गर्नुको सट्टा प्रहरी र भाडाका लठैत परिचालन गरी विद्यार्थीलाई निर्ममतापुर्वक दमन गर्ने हर्कतले सिमा नाघेको छ। विश्वविद्यालयलाई महिनौंसम्म अस्तब्यस्त वनाउने नालायक उपकुलपतिलाई तत्काल वर्खास्त गर्दै खुल्ला प्रतिस्पर्धाका आधारमा नयाँ उपकुलपति नियुक्त गरेर अविलम्ब समस्या समाधान गर्न जोडदार माग गर्दछौं ।

३)विभिन्न इन्जिनियरिङ क्याम्पसहरूमा शुल्कवृद्धिको विरुद्धमा भइरहेको आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्दै कोरोनाको समयमा असुल गरिएको शुल्क घटाउन र अहिले बढाइएको शुल्क तत्काल फिर्ता गर्न माग गर्दछौं। यस्तै इञ्जिनियरिङ कलेजहरुको शुल्क निर्धारण आयोग गठन गरी देशभरका क्याम्पसमा एउटै शुल्क निर्धारण गर्न माग गर्दछौं ।

४) पूर्वाञ्चल विश्वविद्यालय लगायतका विश्वविद्यालयमा अपारदर्शी ढंगले मापदण्ड मिचेर सम्वन्धन दिने चलखेल भइरहेको पाइएकाले त्यसलाई तत्काल रोक्न जोडदार माग गर्दछौं ।

५ ) वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार र अनियमिततामा संलग्न उपकुलपतिलाई बर्खास्त गर्दै खुल्ला प्रतिस्पर्धाको आधारमा नयाँ उपकुलपति नियुक्त गरेर अविलम्ब समस्या समाधान गर्न माग गर्दछौं।

६) विदेशी विश्वविद्यालयवाट सम्बन्धन प्राप्त गरेका शिक्षण संस्थाले जथाभावी शुल्क असुल गरी विद्यार्थीमाथि लुट मच्याईरहेका छन् । त्यस्ता कलेजमाथि कडा अनुगमन गरी कारवाही गर्न र अवैधानिक रुपमा खोलिएका शिक्षण संस्था तत्काल बन्द गर्न माग गर्दछौं ।

७) त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा इञ्जिनियरिङ, मेडिकल, बाणिज्य, कानून लगायतका विषयमा कोटा थप गर्न माग गर्दछौं ।

८) कक्षा ११ र १२ मा दिइँदै आएको छात्रवृत्ति कार्यान्वयनको सन्दर्भमा शहरका विद्यालयमा कठिनाई उत्पन्न भएको हुनाले तत्काल कार्यविधि बनाई छात्रवृत्ति सहज बनाउन माग गर्दछौं ।

९) सीटीइभीटीको परीक्षा केन्द्र थप गरी प्रवेश परीक्षा सञ्चालन गर्न र छात्रवृत्तिलाई थप ब्यवस्थित र पारदर्शी वनाउन माग गर्दछौं ।

विमान दुर्घटनामा घाइते पाइलट ‘खतरामुक्त’

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’

पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न रोयल्टी तिर्नुपर्ने !

काठमाडौँ । अब पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न पनि रोयल्टी तिर्नुपर्ने भएको छ

एमाले संखुवासभा अध्यक्षमा खड्ग राई सर्वसम्मत

संखुवासभा । नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत निर्वाचित भएका छन्

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

 सामाजिक सञ्जालमा हामी