बिगतमा अरुले गर्दा बेठिक,अहिले ठिक : लज्जित नेपाली कांग्रेस
काठमाडौ । व्यवस्थापिकाको चालू अधिवेशन हिजो अन्त्य भयो । आज सरकारले सदन नभएको मौका पारेर राजनीतिक दल फुटाउने सम्बन्धि अध्यादेश ल्याएको छ । नेपाल कांग्रेस नेतृत्वको सरकारले ल्याएको यो अध्यादेशको चौतर्फी बिरोध भएको छ ।
विगतमा एमलेको सरकार हुदा अध्यादेश ल्याउदा विरोध गरेको कांग्रेस,अहिले आफैं नैतिक संकटमा परेको छ । नेपाली कांग्रेसका नेताहरुले पनि यो कदम को विरोध गरिरहेका छन् ।