युवा परिषद र माधब ढुंगेल : उत्तम अधिकारी



युवा परिषद र माधब ढुंगेल : कार्यालय र कर्मचारी बिना राष्टिय युवा परिषदको उपाध्यक्ष नियुक्त भैरहंदा चुनौतीका अनेकन चांङ्गहरुलाई पन्छाउदै कुशल ब्यबस्थापकीय क्षमता र सबैलाई समेट्न सक्ने नेतृत्व खुबी प्रस्तुत गर्दै एउटा नयाँ नाम, नयाँ निकायलाई छोटो अवधिमा देशैभरका युवाहरुले चिन्ने, देख्ने र बुझ्ने गरि बिकास गराउन सफल हुनु भएकोमा परिषदका सँस्थापक उपाध्यक्ष माधव ढुंगेललाई हार्दिक बधाई ज्ञापन गर्दछु । परिषद आज देशमा बिशौं बर्ष अघि स्थापित अन्य कुनै निकाय भन्दा बढी नै चर्चित, क्रियाशील तथा युवाहरुको बिश्वास र भरोसाको साथी बनेको छ ।
खासगरी नेपाली युवाहरुको क्षमता विकास, उनीहरु भित्र रहेको बिबिधतायुक्त खुबीहरुको प्रस्फुटिकरणमा प्रोत्साहन, युवा उमेर प्रवेस गर्दैदेखी नेतृत्व विकासमा पहलकदमी, शिक्षा, खेलकुद र स्वास्थ्य क्षेत्रमा युवाहरुको चासो पैदा गर्न परामर्श, देशको संसदीय लोकतान्त्रिक प्रणालीबारे युवाहरुलाई अभ्यस्त गराउने उदाहरणीय शुरुवात, जहाँ युवा त्यहाँ युवा परिषदको अवधारणामा स्थानीय पालिका तहसम्म युवा परिषदको बिकास,विस्तार र ब्यबस्थापन, नेपाली युवाहरुमा उद्यमशीलता विकासका लागि आवस्यक परामर्श, उद्यमी तालिम, सिपमुलक तालिम र सहुलियतपूर्ण कर्जाका लागि बैंकहरुसंग समन्वय समेत गरि नेपालमै केहि गर्न सकिन्छ भन्ने भावना जागृत गर्न ढुंगेलको नेतृत्वमा परिषद सफल भएको छ ।
नवप्रवर्तन केन्द्र निर्माणको लागि परिषदले लिएको नेतृत्वदायी समन्वयकारी भूमिका आफैंमा नव युवाहरुको निम्ति एउटा नविन कदमको रुपमा रहेको छ ।
त्यसैगरी, अलग अलग क्षेत्रका युवाहरु परिषदको परिधि भित्र अटाउन् भन्ने उद्देश्यले बिभिन्न क्षेत्रका युवाहरुको अलग अलग सञ्जाल गठन गरि तिनलाई परिषद मार्फत पहिचान प्रदान गरेर युवा परिषदलाई समृद्ध र सबैको साझा बनाउन भएको उत्कृष्ट प्रयासको प्रशंसा गर्नै पर्दछ ।
बिशेष गरि, बैदेशिक रोजगारीका क्रममा लामो जीवन बिदेशमा व्यतित गरि रेमिटेन्स मार्फत राज्यको अर्थतन्त्र मजबुतीकरणमा अतुलनीय योगदान गरि स्वदेश फर्केका युवाहरुको अन्यौलता, असंगठित अवस्था, राज्यबाट कुनै किसिमको सम्बोधन र कार्यक्रमिक सहयोग नभैरहेको सन्दर्भमा स-साना समुहमा छलफल गर्दै पहिचान खोजिरहेका रिटर्नी माइग्रेन्टहरुलाई बिश्वास र भरोसा गरेर रिटर्नीहरुलाई प्रवासबाट आर्जित सिप, अनुभव र पूंजीको सदुपयोगीतामा प्रोत्साहन गर्दै राज्यद्वारा सम्बोधन गराउन र कार्यक्रम घोषणा गराउन जुन भूमिका राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षको रुपमा माधब ढुंगेलले निर्वाह गर्नुभयो त्यसको लागि सिंगो रिटर्नी माइग्रेन्ट अभियानको तर्फबाट परिषद र माधब ढुंगेल सदा सम्झनामा रहिरहनेछन् । तिनै प्रोत्साहन, समन्वय र सहयोग मार्फत आज देशका बिभिन्न भूगोलमा रिटर्नी माइग्रेन्ट युवाहरुले कतै स-साना समुह र कतै ठुला समुहमा मिलेर सामुहिक लगानीका गर्व गर्न लायक परियोजनाहरु संचालन गरिरहनु भएको छ ।
परिषदलाई प्राप्त न्यून श्रोतको अधिकतम उपयोग गर्दै र सरकारी निकाय, बिकास साझेदारहरु, संघसँस्थाहरु, सरकारी तथा नीजी बैंक, सहकारीहरु, स्थानीय तह संग समेत सहकार्य र समन्वय मार्फत यस बिचमा राष्ट्रिय युवा परिषदले जुन ढंगले आफुलाई परिचित र स्थापित गराएको छ त्यो आफैंमा गर्विलो इतिहास बनेको छ ।
राज्यका प्रमुख नेतृत्वसंग निडर भइ प्रष्टताका साथ युवामुखी कार्यक्रम निर्माण र कार्यान्वयनका लागि सबैले देख्ने बुझ्ने गरि ढुंगेलले गर्नुभएको प्रयासहरुले राष्ट्रिय युवा परिषदलाई भोलिका दिनसम्म मार्गनिर्देशन गरिरहने छ ।
सरकार परिवर्तन संगै निकायका प्रमुखहरु परिवर्तन गर्ने चलन स्थापित भैसकेको सन्दर्भमा ढुंगेल बाहिरिनु नौलो कुरा रहेन तर समग्र काम र योगदानको मुल्यांकनको शुरुवात कहिलेबाट हुन्छ भन्ने प्रश्न चाहिं उठ्नु स्वाभाविक हो । राजनीतिक नियुक्ति भन्दैमा सक्षम र असक्षमलाई एकै नजरले हेर्नु असल राजनीतिक चरित्र हुँदै होइन । परिषदले आगामी दिनमा कस्तो नेतृत्व पाउला त्यो त हेर्नै बाँकि छ तर ढुंगेलले अत्यन्तै मिहिनेत र इमान्दारिताका साथ निर्माण गरेको बाटोमा हिड्न सके परिषदले आफ्नो छविलाई बचाई राख्न र अझै बिकसित स्वरूप प्रदान गर्न सक्नेछ ।
यस बिचमा राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा रहँदा माधब ढुंगेलसंग जे जस्ता सहकार्य भए ती सबै मिठो सम्झनाको रुपमा रहिरहने छन् । नेपालका सरकारी निकायहरुमा राष्ट्रिय युवा परिषद हामीले मायाँ गर्ने सँस्थाको रुपमा रहेको छ । परिषदका कर्मचारीको हँसिलो र नरम स्वभाव तथा मित्रतापूर्ण व्यवहार अन्य कार्यालयका कर्मचारीले पनि सिक्दा राम्रो हुनेछ ।

उत्तम अधिकारी 

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

घर आगलागी हुदा रोल्पामा एक वृद्धाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको

टेरामक्स र वाइडबडी काण्डकाे अनुसन्धान अन्तिम चरणमा पुगेकाे छ : अख्तियार प्रमुख

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले टेरामक्स काण्डको अध्ययन-अनुसन्धान

 सामाजिक सञ्जालमा हामी