खानेपानी प्रमुखलाई नियन्त्रणमा लिएर दुर्व्यवहार



कार्तिक ४ ,जनकपुरधाम । डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै अर्धनग्न अवस्थामा नगर घुमाएका छन्।

जनमत पार्टीका कार्यकर्ताहरुले भ्रस्टाचार गरेको आरोप लगाउदै उक्त कार्य गरेको जनमत पार्टीका कार्यकर्ता बताउछन् । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई कुटपिट गर्दै नगर परिक्रमा गराएका हुन्। पार्टीका कार्यकर्ताहरुले कुशवाहाको लुगा च्यात्नुका साथै मुखमा नालामा रहेको हिलो दलेर अर्धनग्न अवस्थामा कुटपिट गर्दै नगर घुमाएका थिए। उनीहरुले ‘साइकल चोर देश छोड’, ‘भ्रष्ट मेयर चाहिँदैन’ लगायतका नारा लगाएका थिए।

घटनामा संलग्न भएकाे आराेपमा प्रहरीले जनमत पार्टीका १० जना कार्यकर्तालाई पक्राउ गरिएकाे धनुषा प्रहरीले जनाएकाे छ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय