एमाले महाधिवेशन प्रतिनिधि छ्नोट:काठमाडौ क्षेत्र नं १ बाट ९ जनाको दावी,छिनोफानो भोलि हुने



कार्तिक २६,काठमाडौ । नेकपा एमालेको १० औं महाधिवेशनको लागी देशभर प्रतिनिधि छनोट हुँदै छ । पार्टीको कार्यतालिका अनुसार कार्तिक २७ गते प्रतिनिधिको छनोट हुदै छ । कति जिल्ला र क्षेत्रमा सर्वसम्मत भएका छन् भने नभएको क्षेत्रमा भोलि मतदान हुँदै छ ।
काठमाडौको निर्वाचन क्षेत्र नं १मा आज मनोनयन दर्ता सम्पन्न भएको छ । मनोनयन हुदा नौं जनाले मनोनयन गर्नु भएको छ । दर्ता गर्नेमा प्रदेश सभा सदस्य रहेका गणेश दुलाल, भानुभक्त घिमिरे केशव, विध्या न्यौपाने,प्रकाश गौतम,नारायण भण्डारी,हिरा थापा मगर,रामप्रकाश अमगाइ, शर्मिला कार्की र बिष्णु कुमारी भुषाल रहनु भएको छ ।
सर्वसम्मतको प्रयास जारी
मनोनयन दर्ता भएता पनि नेताहरुले सर्वसम्मतको प्रयास भने जारी राखेका छन् । यस क्षेत्र बाट तीन खुल्ला र एक महिला गरि चार जना प्रतिनिधि चुनिने एक नेताले जानकारी दिनु भयो । यदि सर्वसम्मत नभए भोलि मतदान प्रक्रिया बाट भए पनि प्रतिनिधि टुङिने छ । भोलि सात बजे देखी नौ बजे सम्म नोमिनेसन गरिएको नाम फिर्ताको लागी समय पनि राखिएको छ ।भोलि को कार्यक्रम बानेश्वर क्याम्पसमा ११ बजे राखिएको आयोजकले बताएका छन् ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी