थ्री बाई थ्री बास्केटबलको उपाधि जेभियर र टाइम्सलाई



काठमाडौं । जेभियर इन्टरनेशनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले प्रथम अक्सब्रिज कप थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । जेभियर व्याचलर्स तथा टाइम्स प्लस टूतर्फ च्याम्पियन बने ।

आयोजक अक्सब्रिज इन्टरनेशनल कलेजको महालक्ष्मीस्थान कोर्टमा भएको व्याचलर्स फाइनलमा मंगलबार जेभियरले अक्सब्रिजलाई १८-१२ ले पराजित गर्‍यो । जेभियरका निकेश मगरले १० अंक जोडे । मंगलबारै भएको सेमिफाइनलमा जेभियरले सेन्ट जेभियर्सलाई १८-७ तथा अक्सब्रिजले गोल्डेनगेटलाई १९-१२ ले हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

प्लस टूको उपाधि भिडन्तमा टाइम्सले रुकिजलाई १७-१४ ले पराजित गरेको थियो । टाइम्सका पेम्बा शेर्पाले ७ स्कोर गरे । त्यसअघि सेमिफाइनलमा टाइम्सले अक्सब्रिजलाई १७-१२ तथा रुकिजले नवोदितलाई २१-१५ ले हराउँदै फाइनल यात्रा तय गरेका थिए ।

व्याचलर्समा जेभियरका निकेश मगर तथा प्लस टूमा टाइम्सका छिरिङ थिन्ले लामा मस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्याब्सनका सह-अध्यक्ष डिके ढुंगाना, अक्सब्रिजका प्रिन्सिपल डा। कृष्णप्रसाद पाण्डे, ई- क्याबका मेनेजर डिकेश प्रधानलगायतले एक कार्यक्रमबीच नगद, ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरे । तीनदिने प्रतियोगिताको व्याचलर्स र प्लस टूमा समान २०-२० टिम सहभागी भएको प्रतियोगिता संयोजक विमल कार्कीले जनाएका छन् ।

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि

काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको

 सामाजिक सञ्जालमा हामी