राप्रपा केन्द्रीय पदाधिकारीको बैठक : स्थानीय तह निर्वाचन र विशेष कार्ययोजनाबारे छलफल



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारीको बैठक बिहीबार दिउँसो केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारीको बैठकमा स्थानीय तह निर्वाचन र विशेष कार्ययोजनाबारे छलफल भएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा स्थानीय तह निर्वाचन र विशेष कार्ययोजनाबारे छलफल गर्दै पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याएर सबै स्थानीय तहमा उमेदवार खडा गर्ने योजनाबारे पनि छलफल भएको छ । बैठकमा स्थानीय तहको चुनावको लागि फागुन मसान्तभित्रै उमेदवार छनौट गर्ने भएको छ।

यस्तै पार्टीलाई अनुशासित, मर्यादित बनाउन र पार्टीको हित विपरीतका गतिविधिलाई निरूत्साहित गर्न भन्दै वरिष्ठ नेता नवराज सुवेदीको संयोजकत्वमा प्रवक्ता भक्तिप्रसाद सिटौला र वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य रहने गरी तीन सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरिएको छ।

पार्टीको कार्यसमितिको बैठक फागुन ११ गते बस्ने निर्णय गरिएको छ। बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी, पदाधिकारीहरू र प्रदेश कार्य समितिका अध्यक्षहरू उपस्थित थिए।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय