एमसीसी अगाडि बढाउनुपर्ने काँग्रेसको निष्कर्ष



काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समिति बैठकमा एमसीसी पारित गर्ने र जनतालाई यसबारे बुझाउनुपर्ने विषयमा नेताहरू एकमत भएका छन् । बैठकमा सभापति शेरबहादुर देउवाले एमसीसीको बारेमा ब्रिफिङ गर्न पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई समय दिएका थिए ।

महतले लामो व्याख्या गर्दै एमसीसी पारित गरेर जानुपर्ने सुझाव दिएको बैठकपछि पूर्वमहामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए । बैठकमा पूर्वअर्थमन्त्री एवम् केन्द्रीय सदस्य डा. रामशरण महतले एमसीसी विशुद्ध विद्युत र बाटोको विकासका लागि भएको प्रष्ट पार्नुभएको थियो। नेता महतले एमसीसीको विषयमा आम जनमानसलाई बुझाउनुपर्नेमा जोड दिनुभएको थियो।

बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अग्राहमा नेता महतले एमसीसीबारे जानकारी गराउनुभएको हो। बैठकले स्थानीय तहको निर्वाचन र भातृ एवम् शुभेच्छुक संगठनको अधिवेशनको विषयमासमेत छलफल गरेको छ।

५५ अर्ब रूपैयाँको अमेरिकी अनुदान सडक र प्रसारण लाइनका लागिमात्र भएकाले यसमा अलमल गर्न आवश्यक नरहेकको कोइरालाले बताए । कांग्रेस बैठकमा एमसीसी अश्वीकार गर्दा अन्तर्राष्ट्रिस्तरमा देशको छवि बिग्रिन सक्ने भन्दै गठबन्धनका दलहरूलाई पनि मनाएर जनतालाई कन्भिन्स गर्नुपर्ने सुझाव आएको छ ।

विमान दुर्घटनामा घाइते पाइलट ‘खतरामुक्त’

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’

पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न रोयल्टी तिर्नुपर्ने !

काठमाडौँ । अब पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न पनि रोयल्टी तिर्नुपर्ने भएको छ

एमाले संखुवासभा अध्यक्षमा खड्ग राई सर्वसम्मत

संखुवासभा । नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत निर्वाचित भएका छन्

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

 सामाजिक सञ्जालमा हामी