नौ रुपैयाँले बढ्यो दूधको मूल्य



काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै डिडिसीले प्रतिलिटर दूधको मूल्य नौ रुपैयाँले बढाएको जानकारी दिएको हो।

यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ रहेकोमा शुक्रबारदेखि प्रतिलिटर ८५ रुपैयाँ हुने भएको छ। डिडिसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको थियो।

बोर्डको निर्णयअनुसार डिडिसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ। काठमाडौं उपत्यकासहित विराटनगर, हेटौडा र जनकपुरमा प्रतिलिटर ८५ रुपैयाँ, बुटवल भैरहवामा प्रतिलिटर ८१ रुपैयाँ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ रुपैयाँ मूल्य कायम गरेको हो।

यसअघि काठमाडौंमा ७६ रुपैयाँ, बुटवल भैरहवामा ७२ रुपैयाँ र नेपालगञ्ज क्षेत्रमा ७० रुपैयाँ तोकिएको थियो। बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि र प्रतिलिटर दुई रुपैयाँ ४८ पैसा उद्योगीले पाउनेछन्। यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो। त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय