प्रचण्डको सचिवालयले भन्यो, एमसीसीमा ओली गम्भीर बनेनन्



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अमेरिकी सहायता परियोजना एमसीसीमा प्रमुख प्रतिपक्षी एमाले गैरजिम्मेवार बनेको टिप्पणी गरेको छ ।

बिहीबार बेलुका प्रचण्ड र ओलीबीच टेलिफोन सम्वाद भएको जानकारी दिँदै सचिवालयले ओलीले गैरजिम्मेवार जवाफ फर्काएको उल्लेख गरेको छ ।प्रचण्डका स्वकीय सचिव रमेश मल्लले टेलिफोन सम्वादमा ओली गम्‍भीर नदेखिएको बताए ।

उनकाअनुसार अध्यक्ष प्रचण्डले एमसीसी राष्ट्रिय राजनीतिको मुद्दा बनेकाले सत्ता र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्न प्रस्ताव गरेका थिए । यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं, प्रचण्डले भनेका थिए, देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं ।

तर एमाले अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापूर्वक नलिएको मल्लको भनाइ छ । उहाँले बरु तपाईंहरुससँग बहुमत छ, पास गर्नुस्। तर गैरसांसद रहँदासम्म संसद चल्न भने दिन्नौ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भयो,ु मल्लले भने ।

टेलिफोन वार्ताबारे अरु कुनै भ्रममा नपर्न उनले आग्रहसमेत गरेका छन् ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय