देउवा सरकार विरुद्धमा राष्ट्रिय युवा संघ सडकमा,बानेश्वर क्षेत्र अबरुद्ध
काठमाडौ । वर्तमान सरकारको विरुद्धमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौमा बृहत बिरोध प्रदर्सन गरेको छ ।
`पेट्रोलियम पदार्थ,खाधान्न लगायत दैनिक उपभोग बस्तुमा भएको चरम मुल्यवृद्धी,अर्थमन्त्रीले बजेटमा सेटिङ गरेको विरुद्धमा राष्ट्रिय युवा संघ नेपालले यो बिरोध कार्यक्रमको आयोजना गरेको संघका प्रचार विभाग प्रमुख महाराज गुरुङले बताउनु भयो ।
युवा संघको राके जुलुस अनि चक्काजामको कारण झण्डै आधा घण्टा नयाँ बानेश्वरको सडक अबरुद्ध भएको थियो ।