मुलढोकामा नागको तस्विर राखी देशैभरी नाग पञ्चमी मनाईदै



काठमाडौं / हिन्दु धर्मालम्बीहरुको पर्व नागपञ्चमी आज देशैभरी मनाईदैछ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व सांस्कृतिक तथा धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।

घरको मुलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी  लगायतका जीवले दु:ख नदिनेका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा अर्थात देउता मानिन्छ । नाग देउता रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक मान्यता रहेको छ ।

वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

घरको मुलढोकामा नागको तस्विर टाँस्ने लगायत काठमाडौंको नक्सालस्थित नागपोखरीसहित ताल तलाऊमा गएर हिन्दुधर्मालम्बीहरुले नागको पुजाअर्चना गर्दै आएका छन ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा

कांग्रेसलाई माधव नेपालको प्रश्न : यो देश तपाईंहरूको विर्ता हो ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेससँग आक्रोशित भएका छन्

नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ