राप्रपा अध्यक्ष लिङ्देनको सुझाव– वर्तमान सरकार विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गरौं



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन निस्पक्ष बनाउन वर्तमान सरकार विघटन गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएकाे छ ।

उहाँले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत वर्तमान सरकार विघटन गरी स्वतन्त्र चुनावी सरकार गठन गर्न सुझाउनुभएकाे हाे ।

‘निर्वाचन घोषणा पछि पनि संसदलाई निरन्तरता दिने होईन बरू निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ,’ राप्रपा अध्यक्ष लिङ्देनले भन्नुभएकाे छ ।

गठबन्धन सरकारलाई जनता र प्रजातन्त्रमाथि विश्वाश छ भन्ने देखाउन पनि वर्तमान सरकार विघटन गरेर नयाँ चुनावी सरकार गठन तर्फ अघि बढ्नु पर्ने उहाँले बताउनुभएकाे छ ।

माधव नेपाललाई अर्को धक्क: कृष्णहरिले छोडे एस

काठमाडौ । काठमाडौको कागेश्वरी मनोहराका निवर्तमान मेयर कृष्ण हरि केसीले नेकपा (एकृकित समाजवादी)

राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत (फोटोफिचर)

असोज ५, काठमाडौं । संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष

राष्ट्रपतिको कदम संवैधानिक व्यवस्था माथि नै प्रहार : गठबन्धन

काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था

राष्ट्रपतिलाई संविधान उलङ्घन गर्ने छुट छैन – नारायणकाजी श्रेष्ठ

काठमाडौं । माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट नभएको