बन्दुकधारीको आक्रमणमा नाइजेरियामा पाँच जनाको मृत्यु



लागोस । मध्यनाइजेरियाको कोगी राज्यमा शुक्रबार राति अज्ञात बन्दुकधारीले व्यापारिक काफिलेमा आक्रमण गर्दा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य दुई जना बेपत्ता भएका छन् ।

कोगीस्तित वेस्ट अफ्रिका सिरामिक्स कम्पनी सम्बन्धित काफिलेको सुरक्षामा एकजना भारतीय प्रवासी, दुई चालक र दुई प्रहरीको मृत्यु भएको कोगीका प्रहरी प्रवक्ता विलियम ओभिए अयाले बताएका छन् ।

आक्रमणपछि दुई भारतीय प्रवासी बेपत्ता भएको पनि बताइएको छ । अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको यस देशमा वर्षौंदेखि गोली हानाहानका घटना र आक्रमण बारम्बार जारी छ जसको परिणामस्वरूप नागरिक र सुरक्षाकर्मीको मृत्युका घटना दोहोरिरहेका छन् । शान्ति र अमनचैन स्थापित हुन सकेको छैन ।

चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

काठमाडौं, असोज ३ । कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा चीनमा २७ जनाको

बंगलादेशकी प्रधानमन्त्री भारत भ्रमणमा

  नयाँ दिल्ली । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता

एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु

  काठमाडौं । एक महिनाको अवधिमा युनाइडेट अरब इमिरेट्स युएई मा २४ जना

रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति गर्यो : अमेरिका

  न्युयोर्क । रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनःपूर्ति