चार सवारी एक आपसमा ठोक्किँदा एक दर्जन बढी घाइते



हेटौंडा – मकवानपुरमा स्कुल बससहित ४ सवारी एक आपसमा ठोक्किएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा- १५ रागोमाटे क्षेत्रमा स्कुलसहित ४ सवारी एक आपसमा ठोक्किँदा एक दर्जन बढी घाइते भएका छन्। घाइते मध्ये केही हेटौंडाको रिलायन्स स्कुलका विद्यार्थी पनि रहेको प्रहरीले जनाएको छ ।

सुरुमा कार र ट्याङ्कर ठोक्किएर दुर्घटना भएको र त्यसपछि नजिकै रहेका ट्र्क र स्कुल बस ठोक्किएको थियो । दुर्घटनामा घाइते भएकाहरुलाई हेटौंडा अस्पतालमा लगिएको छ । दुर्घटनामा घाइते भएका बालबालिका त्रसित छन् ।

साढे ९ बजेतिर सवारीहरु एकाआपसमा ठोक्किएको र उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो ।

कार्कीले भन्नुभयो ,‘४ वटा सवारी ठोक्किएका छन् । १५ जना सामान्य घाइते भएका छन् । मानवीय क्षति भएको छैन ।’

संखुवासभा–काठमाडौँ सम्पर्क मञ्चद्वारा केपी ओलीलाई ११ केजीको माला सहित बधाई

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

मलाई मा र्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको ह त्या, २ जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

 सामाजिक सञ्जालमा हामी