भारतमा एक दिनमा १६ हजार भन्दा बढी सङ्क्रमित



नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट एक दिनमा थप १६ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार १६७ नयाँ सङ्क्रमित भएका हुन् ।

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ६१ हजार ८९९ सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ ।
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३६ हजार ५१० रहेको छ ।

यहाँ कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म पाँच लाख २६ हजार ७३० व्यक्तिको मृत्यु भईसकेको छ ।

भारतमा हिजो एक दिनमा १५ हजार ५४९ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३४ लाख ९९ हजार छ सय ५९ जना कोरोना मुक्त भएका छन् ।

एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म २ अर्ब ६ करोड ५६ लाख ५४ हजार ७४१ मात्रा खोप लगाइएको छ ।

भारतमा कोरोना शुरु भएबाट हालसमम ८७ करोड ८० लाख भन्दा बढी व्यक्तिको कारोना भाइरस परिक्षण भएको जनाइएको छ ।

यस्ता छन् ढाड दुख्ने समस्याबाट छुटकारा पाउने घरेलु उपायहरु

एकै ठाउँमा लामो समयसम्म बसिरहने, लामो समयसम्म कम्प्युटरमा काम गर्ने, व्यायाम नगर्ने जस्ता

आजदेखि अंग्रेजी नयाँ वर्ष २०२४ सुरु

काठमाडौं । अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ। नेपालसहित

सेक्स टिप्स- मर्निङ वाकभन्दा मर्निङ सेक्स उत्तम

काठमाडौं । सेक्सका लागि सबैभन्दा उत्तम समय कुन हुन सक्छ रु धेरैजसो जोडीको

किड्नी सफा गर्न धनियाँ, यस्ताे छ प्रयाेग बिधी

काठमाडौं । किड्नीले शरीरका विकार फिल्टर गर्ने भएकाले किड्नीमा विकार र फोहोर प्रशस्तै

 सामाजिक सञ्जालमा हामी