कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोद्वारा सपथग्रहण



बोगोटा ।  गुस्ताभो पेट्रोले आइतबार कोलम्बियाको राष्ट्रपतिको रूपमा सपथग्रहण गर्नु भएको छ । उहाँ वामपन्थी नेताहरुको तर्फबाट कोलम्बियाको पहिलो राष्ट्रपति हुनुभएको छ । उहाँको सपथग्रहण समारोहमा लाखौं व्यक्ति जम्मा भएका थिए ।

“कोलम्बियाको संविधान र कानूनलाई इमानदारीपूर्वक लागू गर्न “म भगवानसँग कसम खान्छु र जनतासँग प्रतिज्ञा गर्छु” ६२ वर्षीय पेट्रोले सपथग्रहणका क्रममा भन्नुभएको छ ।

उहाँले दशकौंदेखि लागुऔषध विरुद्धको प्रयासलाई लक्षित गर्दै “लागूऔषध विरुद्धको युद्ध असफल भएको कुरालाई मान्यता दिने नयाँ अन्तर्राष्ट्रिय महासन्धि गर्नु पर्ने बताउनु भएको छ ।

वन विनाशबाट पीडित कोलम्बियाको अमेजन नदी क्षेत्रका बासिन्दालाई मद्दत गर्न अन्तर्राष्ट्रिय कोष स्थापना गर्न पनि उहाँले आह्वान गर्नु भएको छ ।

पेट्रोले आफ्नो चार वर्षको कार्यकालमा धनीहरूमाथि कर बढाउने, स्वास्थ्य सेवा र शिक्षामा लगानी गर्ने र गत वर्ष अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको असमानता विरोधी “क्र्याक” मा सुधार गर्ने वाचा गर्नु भएको छ ।

भेनेजुयाली राष्ट्रपति निकोलास मदुरोले पेट्रोलाई भिडियोमार्फत् बधाई दिँदै भन्नु भएको छ, “म कोलम्बियाका जनतालाई र राष्ट्रपति गुस्ताभो पेट्रोलाई मानिसहरू बीचको सम्मान र प्रेमको आधारमा भाइचाराको पुनर्निर्माण गर्न मेरो हात बढाउँनेछु ।”

चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

काठमाडौं, असोज ३ । कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा चीनमा २७ जनाको

बंगलादेशकी प्रधानमन्त्री भारत भ्रमणमा

  नयाँ दिल्ली । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता

एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु

  काठमाडौं । एक महिनाको अवधिमा युनाइडेट अरब इमिरेट्स युएई मा २४ जना

रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति गर्यो : अमेरिका

  न्युयोर्क । रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनःपूर्ति