एकैदिन ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा  ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट ५३५१ नमूना परीक्षण गर्दा ९३४ जनामा संक्रमण पुष्टि भएको  हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २८६२ र एन्टिजेनबाट २४८९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४९८ र एन्टिजेनबाट ४३६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

२४ घन्टाको अवधिमा थप ४७० जना कोरोनामुक्त भएका छन् भने एक जनाकाे मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६८६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप ३२ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय