नगर प्रमुख,उपप्रमुखको पहिरो अवलोकन : जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने



मेलम्ची / मेलम्ची नगर पालिकाका प्रमुख आइतमान तामाङले नगरभित्रका प्राकृतिक प्रकोपमा परेका तथा जोखिममा रहेका बस्ति तथा संरचनालाई जोगाउनका लागि नगरपालिका सधै तयार रहेको बताउनुभएको छ । नगर प्रमुख तामाङले अहिले नगरपालिकाको प्राय सबै वडाहरुमा पहिरो गइरहेको, नदि तटिय क्षेत्रहरुमा नदिले कटान गरिरहेको अवस्थामा नगरले भ्याएसम्मको काम गरिरहेको दावि गर्नुभयो ।

सोमबार वडा नम्बर २ निबुगाउँमा गएको पहिरोको स्थलगत अवलोकन गर्दै प्रमुख तामाङले जोखिममा रहेका बस्ति स्थानान्तरणका लागि आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । अवलकोनकै लागि पुग्नुभएकि उपप्रमुख उमा प्रधानले पनि नगरका कमजोर भूभागमा अहिले धमाधम पहिरो गइरहेको भन्दै जोखिममा रहेका बस्ति संरक्षण र स्थानान्तरणमा नगरले पिडितहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो ।May be an image of grass

उहाँले अझैपनि पानी परिरहेको बताउदै जोखिमयुक्त स्थानमा नबस्न समेत आग्रह गर्नुभयो । उपप्रमुख प्रधानले स्थानिय सरकारले मात्र काम गर्न नसक्ने भन्दै सघं र प्रदेश सरकारले पनि यस विषयमा चासोका साथ हेर्नुपर्नेमा जोड दिनुभयो । अवलोकनमा वडा नम्बर २का वडा अध्यक्ष नगेन्द्र प्रसाद खतिवडाले पिडितहरुको माग र तत्कालिन समस्याका बारेमा प्रमुख र उपप्रमुख लाई जानकारी गराउनुभएको थियो ।May be an image of 7 people, people standing, tree and outdoors

२० गते बेलुका गएको पहिरोले निबुगाउँका १६ घर उच्च जोखिममा रहेको छ भने जोखिममा रहेका हरु छिमेकिकोमा आश्रय लिएर बस्न परेको छ । अवलोकन पछि बाटो खुलाउनका लागि काम सुरु भएको छ ।

May be an image of tree and outdoors

विमान दुर्घटनामा घाइते पाइलट ‘खतरामुक्त’

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’

पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न रोयल्टी तिर्नुपर्ने !

काठमाडौँ । अब पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न पनि रोयल्टी तिर्नुपर्ने भएको छ

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

 सामाजिक सञ्जालमा हामी