अध्यक्ष ओली गौरमा
गौर- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गौर पुग्नु भएको छ ।
नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य मनिशंकर निधीका अनुसार खराब मौसमका कारण सिमरामा करिब ३ घण्टा होल्ड गरेर अध्यक्ष ओली केहीबेर अघि गौरमा अवरतण गर्नुभएको हो ।मौसम खराबीको कारणले सिमरा एयरपोर्टमा आकस्मिक अवतरण गरेको हेलिकप्टरबाट केहीबेर अघि गौर पुग्नु भयो ।
बृहत्त पार्टी प्रवेश कार्यक्रमका लागि १ बजे रौतहटको गौर पुग्ने भनिएपनि मौसम खराबीको कारणले सिमरा एयरपोर्टमा आकस्मिक अवतरण गर्नुपरेको थियो ।
वर्षा भएका कारण कार्यक्रममा सहभागीताका लागि आएका नेताकार्यकर्ताहरु छेउ लागेपनि अहिले वर्षा रोकिएसँगै फेरी जम्मा हुने क्रममा छन् । अध्यक्ष ओली अहिले विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गरेकाहरुलाई फूलमाला लगाइदिदै हुनुहुन्छ ।
कार्यक्रम गौरको ब्यारेक फिल्डमा भइरहेको छ ।