प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता असोज २३ गते, २६ गते अन्तिम नामावली प्रकाशन हुने



काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको आगामी निर्वाचनको कार्य तालिका स्वीकृत भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले कार्य तालिका स्वीकृत गरेको हो ।

सोमबार बसेको आयोगको बैठकले स्वीकृत गरेको निर्वाचन कार्य तालिकाअनुसार प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता असोज २३ गते भित्र  गर्नुपर्ने छ भने समानुपातिक उम्मेवारहरुको बन्द सूचि भने असोज २ र ३ गते भित्र आयोगमा बुझाइ सक्नुपर्ने छ । उम्मेदवारी दर्ता पश्चात् उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ ।

आयोगले बन्द सूचिको प्रयोजनका लागि यही साउन ३० गतेसम्म कार्यालय स्थापना गरिसक्ने छ । आयोगको कार्य तालिका अनुसार असोज ११ मा निर्वाचन अधिकृतहरू नियुक्त गर्ने र असोज २१ भित्र निर्वाचन अधिकृतको कार्यालय खोल्ने  छ भने कात्तिक २७ मा मतपत्र निर्वाचन क्षेत्रमा पुर्‍याउने योजना रहेको छ ।

समानुपातिकतर्फको बाहेक अन्य कार्य तालिकामा आवश्यकता अनुसार हेरफेर हुने आयोगले जनाएको छ ।

आयोगले असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि भनेको  छ ।

त्यसतै मङ्सिर १ गते राति १२ बजेबाट प्रचारप्रसारमा रोक लगाइने, मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने र मतदान सकिएकै दिनदेखि मतगणना सुरु हुने जनाएको छ ।

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

काठमाडौंमा राजावादीविरुद्ध एमालेको मोटरसाइकल र्‍याली

काठमाडौं : नेकपा एमालेले राजावादीको गतिविधिविरुद्ध मोटरसाइकल र्‍याली गरेको छ। एमालेको भातृसंस्था युवा संघको

पूर्वराजा ज्ञानेन्द्र शाहलाई महानगरले काट्यो आठ पत्र, ७ लाख ९३ हजार जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको छ। काठमाडौं महानगरपालिकाले

राजावादी प्रदर्शन : गोली लागेर सविन महर्जनको मृत्यु

काठमाडौं  : तीनकुनेमा राजावादी प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ

 सामाजिक सञ्जालमा हामी