लागूऔषधसहित पाँचजना पक्राउ



मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रहरीले हेटौँडा उपमहानगरपालिका – १६ हटियाबाट पाँच किलो चार सय ग्राम लागूऔषध खैरो हेरोइनसहित ३९ वर्षीय सुवास लामिछाने र हेटौँडा–७ बस्ने २८ वर्षीय विकेश गौतमलाई पक्राउ गरेको हो ।

त्यस्तै, हेटौँडा उपमहानगरपालिका–१२ नयाँ पुलस्थित भित्री बाटोबाट विभिन्न प्रकारको लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा सोही वडामा बस्ने २७ वर्षीय रमेश विश्वकर्मा र २७ वर्षीय सजन विश्वकर्मा रहनुभएको छ । उनीहरुलाई अस्थायी प्रहरी पोष्ट थानाभ¥याङबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

त्यसैगरी प्रहरीले हेटौँडा उपमहानगरपालिका–१९ गुम्बाचोकबाट पाँच किलो चार सय ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–३ बसामाडी बस्ने ४२ वर्षीय लक्ष्मण बल रहनुभएको छ ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय