भदौ महिनादेखि नियमित रूपमा स्कुल चलाउँदै एमाले



काठमाडौं । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले आफ्नो बार्षिक कार्ययोजना पारित गरेको छ ।

सोमबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले कार्ययोजना पारित गर्दै आगामी भदौ महिनादेखि नियमित रूपमा स्कुल चलाउने निर्णय गरेको उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले वताउनुभयो ।

प्रशिक्षण जनसंगठनबाट शुरू गर्न लागिएको छ । भदौ २ गतेदेखि पार्टी कार्यालय च्यासलमा दिइने प्रशिक्षणमा पहिलो लटमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भाग लिन पाउने भएको छ । प्रशिक्षण तीनदिने हुने छ भने चालीस जनाको सहभागिता रहने छ ।

त्यसपछि राष्ट्रिय युवा संघका युवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यतालिका रहेको छ । क्रमशः सबै जनसंगठनलाई प्रशिक्षण दिइने र भदौभरमा सात\आठवटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको उपमहासचिव ज्ञवालीले वताउनुभयो ।

प्रशिक्षणमा मार्क्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको दशौं महाधिवेशनको कार्यदिशा, आजको सन्दर्भमा संगठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा नेताहरूले प्रशिक्षण दिनु हुने छ ।
नेकपा (एमाले) मा स्थानीय निर्वाचन अघि र त्यसपछि पनि निरन्तर पार्टी प्रवेश चलिरहेको र अहिले पार्टीमा हजारौंको संख्यामा नवप्रवेशी रहनुभएकाले उहाँहरूलाई पनि पार्टीले प्रशिक्षण दिने भएको छ ।

उपमहासचिव ज्ञवालीले नवप्रवेशी लक्ष्यित प्रशिक्षण कार्यक्रम चलाउने निर्णय गरिएको वताउनुभयो । उहाँले भन्नुभयो– ‘नवप्रवेशी साथीहरूलाई एमालेको काम गर्ने शैली, संस्कार, मूल्य–मान्यता लगायत विषयमा प्रशिक्षित गर्ने योजना रहेको छ ।’

असोजदेखि दुई महिना सिङ्गो पार्टीपङ्ती निर्वाचनमा केन्द्रित हुने भएकाले विभागले आफ्नोे बार्षिक कार्ययोजना अन्तर्गतको निर्धारित कामलाई पुसदेखि पुनः निरन्तरता दिने छ । पुसपछि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।

विभागले पाठ्यसामग्री तयारी र प्रकाशनलाई पनि कार्ययोजनामा राखेको छ । विभाग प्रमुख ज्ञवालीले पाँच\छवटा पुस्तक तयार भइसकेका र प्रकाशन गर्ने योजना रहेको बताउनुभयो ।

संखुवासभा–काठमाडौँ सम्पर्क मञ्चद्वारा केपी ओलीलाई ११ केजीको माला सहित बधाई

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

मलाई मा र्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको ह त्या, २ जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

 सामाजिक सञ्जालमा हामी