झापाको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ



 

झापा । झापाको विभिनन स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भद्रपुर नगरपालिका–३ झोलुङगे पुलबाट करिब ३ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगरसहित एक जना भारतीयलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका ४२ वर्षीय निखिल विश्वास रहेका छन् ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बिर्तामोड नगरपालिका–२ चारपाने डेरा गरी बस्ने ३६ वर्षीय बद्री राजबंशीलाई करिब ३ ग्राम ब्राउनसुगरसहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

दमक नगरपालिका–९ ईटाभट्टास्थित बाटो छेउमा करिब २५ ग्राम ब्राउनसुगर र नगद १० हजार रूपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका–१ बस्ने ३३ वर्षीय भिम बहादुर श्रेष्ठ र ३२ वर्षीय मोहन सिलवाल रहेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को।२९ प २२३४ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

दुवाचौर भलिबलको उपाधी आयोजक योङ स्टार लाई

  मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा आयोजित जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल

सन्दीप लामिछानेले नाबालिगलाई पटकपटक बलात्कार गरेको जाहेरी : काठमाडौं प्रहरी 

काठमाडौं /  प्रहरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको

इन्द्र ध्वजासहित योसिँ ‘लिङ्गो’ ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान

मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु

मुगु । मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु ज्यान गएको छ । छायानाथ