बारामा १० हजार लिटर अवैध घरेलु मदिरा र ८० हजार लिटर कच्चा पदार्थ नष्ट



 

बारा । महागढीमाई नगरपालिका–३ र १० गंजभवानीपुर टोलस्थित विभिन्न घरबाट प्रहरीले करिब १० हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

ती घरबाट करिब ८० हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत बुधबार नष्ट गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले स्थानिय प्रतिनिधिहरूको रोहवरमा अस्वस्थकर र न्यूनगुणस्तरको रक्सी उत्पादन गर्न प्रयोग गरिएका अवैध भट्टीहरू, मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको हो ।

रक्सी उत्पादन गर्ने मेसिन, भाडाकुडा र ड्रमहरू नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुवाचौर भलिबलको उपाधी आयोजक योङ स्टार लाई

  मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा आयोजित जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल

सन्दीप लामिछानेले नाबालिगलाई पटकपटक बलात्कार गरेको जाहेरी : काठमाडौं प्रहरी 

काठमाडौं /  प्रहरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको

इन्द्र ध्वजासहित योसिँ ‘लिङ्गो’ ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान

मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु

मुगु । मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु ज्यान गएको छ । छायानाथ