सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग लोसपाका नेताहरुको छलफल



 

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी लोसपा  नेपालका नेताहरुले सत्ता गठबन्धनमा सहभागिता एवं समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उहाँहरूबीच सत्ता गठबन्धनमा सहभागिता, आगामी निर्वाचनमा चुनावी तालमेललगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले  जानकारी दिनुभयो ।

नेता महतोले पार्टीले उठाउँदै आएको मुख्य विषय नागरिकता विधेयक अघि बढिसकेकाले पाँच दलीय गठबन्धनबाट निर्णय भएको खण्डमा सत्ता सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्य कुरा नागरिकता विधेयक अघि बढिसकेको छ । अर्को विषय पाँच दलीय सत्ता गठबन्धनमा लोसपालाई सहभागिता गराउने निर्णय गरियोस् त्यसो भएमा हामी गठबन्धनमा सहकार्य गरेर जान्छौँ । प्रधानमन्त्रीले गठबन्धनमा आउनुस् भन्नुभएको थियो त्यसबारे चाँडो टुङ्ग्याइदिन हामीले भन्यौँ ।”

नेता महतोले सत्ता साझेदारिता, चुनावी तालमेलका विषयमा प्रधानमन्त्रीसँग सकारात्मक कुराकानी भएको बताउनुभयो । “प्रधानमन्त्रीसँग हाम्रा माग र मुद्दाबारे कुरा राख्याँै । विशेषगरी नागरिकताका विषयमा कुराकानी ग¥यौँ । विधेयकलाई प्रक्रिया पु¥याएर आजै संसद्बाट टुङ्गो लगाउने भन्नुभएको छ”, उहाँले भन्नुभयो ।

नेता महतोले प्रधानमन्त्रीको प्रस्तावप्रति आफूहरु सकारात्मक रहेको भन्दै उक्त प्रयोजनका निम्ति गठबन्धनले निर्णय गरेको खण्डामा सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीसँगको छलफलमा लोसपाका अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेता महतो, शरतसिंह भण्डारी, अनिलकुमार झालगायत नेताहरु सहभागी हुनुभएको थियो ।

माधव नेपाललाई अर्को धक्क: कृष्णहरिले छोडे एस

काठमाडौ । काठमाडौको कागेश्वरी मनोहराका निवर्तमान मेयर कृष्ण हरि केसीले नेकपा (एकृकित समाजवादी)

राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत (फोटोफिचर)

असोज ५, काठमाडौं । संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष

राष्ट्रपतिको कदम संवैधानिक व्यवस्था माथि नै प्रहार : गठबन्धन

काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था

राष्ट्रपतिलाई संविधान उलङ्घन गर्ने छुट छैन – नारायणकाजी श्रेष्ठ

काठमाडौं । माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट नभएको