राप्रपा र कांग्रेस परित्याग गरी १५ सय जना एमाले प्रवेश
बनियानी – झापाको कचनकवलमा राप्रपा र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी १५ सय भन्दा बढी एमाले प्रवेश गरेका छन् । यो प्रवेशसँगै राप्रपालाई ठुलो क्षति पुगेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्नुभयो । राप्रपाका नेता शेर आलमसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । उहाँ कचनकवल गाउँपालिकाका पूर्व अध्यक्ष अन्जार आलमका भाइ हुन् ।