आज बिभिन्न कार्यक्रम गरि मेलम्चीमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाइयो ।



 

मेलम्ची / आज श्रीकृष्ण जन्माष्टमी पर्व आज मेलम्चीमा पनि मनाइएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण पक्षको अष्टमी तिथिमा भएकाले यो दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलन छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा मेलम्ची कृष्ण मन्दिरमा भक्तजनहरुको भिड लागेको छ । दिउसो बजारमा रथ यात्रा सहित भजनकिर्तन थरलार्य बजार परिक्रमा गरिएको थियो ।

यसैबिच श्रीकृष्ण जन्माष्टमीको अवसरमा मेलम्ची नगर उद्योग वाणिज्य सघं र लाएन्स क्लब अफ मेलम्चीले मेलम्ची स्थित कृष्ण मन्दिर र मेलम्ची बजार सरसफाई गरेको छ ।

May be an image of 9 people, people standing and road

आज सुरक्षा निकाय र स्थानिय बजार बासिको सहयोगमा बजार सरसफाई गरिएको क्बलका अध्यक्ष सुबास बानियाँले जानकारी दिनुभयो । आगामि दिनमा पनि बजार सरफाईलाई निरन्तरता दिने बानियाँले जानकारी दिनुभयो ।

साथै उहाँले बजारका ब्यबशायि र घरधनिहरुले आफ्नो घर अगाडिको फोहोर समेत नउठाउँने र अरुको भरपर्ने परिपाटि बढ्दै गएको भन्दै आफ्नो घरवरपर आफैंले सफा गर्नपनि सुझाउनुभयो । त्यस्तै जिल्लाको सदरमुकाम चौतारा पुरानो बजारस्थित १ सय १५ वर्ष पुरानो कृष्ण मन्दिरको पुनर्निर्माण हुने भएको छ ।

May be an image of 7 people, people standing and outdoors

पुरातत्त्व विभाग काठमाडौँद्वारा २ करोड लागतमा मन्दिर क्रमागत रुपमा निर्माण सुरु गर्न लागेको हो ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त भएको मन्दिर पुनर्निर्माणको ठेक्का प्रक्रिया यही भदौको दोस्रो साता हुने पुरातत्त्व विभाग, काठमाडौँले जनाएको छ ।

May be an image of 3 people, people standing and outdoors

विभागकी इञ्जिनियर आरती पोखरेलका अनुसार सबै नक्सा र स्टिमेट तयार भइसकेको छ । मन्दिर निर्माणमा प्रयोग गर्ने सामाग्री र मन्दिरको शैली पुरानो डिजाइनकै हुने छ ।

May be an image of 10 people, people standing, tree and outdoors

May be an image of 12 people and outdoors

May be an image of 7 people and outdoors

May be an image of 7 people, people standing and road

दुवाचौर भलिबलको उपाधी आयोजक योङ स्टार लाई

  मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा आयोजित जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल

सन्दीप लामिछानेले नाबालिगलाई पटकपटक बलात्कार गरेको जाहेरी : काठमाडौं प्रहरी 

काठमाडौं /  प्रहरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको

इन्द्र ध्वजासहित योसिँ ‘लिङ्गो’ ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान

मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु

मुगु । मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु ज्यान गएको छ । छायानाथ