फिनल्याण्डकी प्रधानमन्त्रीको ड्रग टेस्ट परीक्षण नेगेटिभ



 

हेलसेन्की । फिनल्याण्डकी प्रधानमन्त्रीले ड्रग टेस्ट परीक्षणमा नेगेटिभ नतिजा आएको छ । प्रधानमन्त्री सान्ना मारिनले सम्भावित लागू औषध सेवन गरेको विषयलाई आलोचना भएपछि उनले त्यसबारे शंका हटाउन परीक्षण गरेकी थिइन् ।

एउटा पार्टीमा अस्वभाविक रुपमा डान्स गरेको भिडियो भाइरल भएपछि उनले लागूऔषध सेवन गरेको अनुमान गरिएको थियो । सोही विषयलाई लिएर ३६ वर्षीया प्रधामन्त्री विवादमा तानिएकी थिइन् ।

प्रधानमन्त्रीको पिसाबको नमुना लिएर विभिन्न लागूऔषध जस्तै कोकिन, एम्पेथामिन, क्यानाविस, लिडा भालिन परीक्षण गरिएको उनका विशेष सल्लाहकारले बताएका छन् । ‘१९ अगस्ट २०२२ मा प्रधानमन्त्री सन्ना मारिनमा गरिएको परीक्षणमा ड्रग देखिदैन,’ मारिनको कार्यालयले एक विज्ञप्तिमा भनेको छ । रिपोर्टमा डाक्टरले हस्ताक्षर गरेका बताइएको छ ।

‘एउटा वृहत परीक्षण गरिएको थिएन । हामीले परीक्षण कसरी गर्ने भनेर छनौट गरेनौं’ मारिनले भनिन् । गत साता चुहावट भएको एउटा भिडियोमा मारिनलाई साथीहरू र सेलिब्रेटीहरूको समूहसँग नाच्दै पार्टी गरिरहेको देख्न सकिन्छ । भिडियोले विश्वभर विवाद सिर्जना गरेको थियो ।

चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

काठमाडौं, असोज ३ । कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा चीनमा २७ जनाको

बंगलादेशकी प्रधानमन्त्री भारत भ्रमणमा

  नयाँ दिल्ली । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता

एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु

  काठमाडौं । एक महिनाको अवधिमा युनाइडेट अरब इमिरेट्स युएई मा २४ जना

रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति गर्यो : अमेरिका

  न्युयोर्क । रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनःपूर्ति