छैटौँ एभरेष्ट इन्टर स्कुल बाँस्केटबल प्रतियोगितामा ६ टिम फाइनलमा



 

भक्तपुर । भक्तपुरमा जारी छैठौँ एभरेष्ट इन्टर स्कुल बाँस्केटबल प्रतियोगितामा ६ टिम फाइनलमा पुगेका छन् । एभरेष्ट इंगलिस स्कुल मिवाछेँ ब्यासी भक्तपुरको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सोमबार भएको सेमिफाइनल खेलबाट सैनिक, ज्ञान निकेटन, युनिक, ज्ञान निकेटन, तिरुपति र इनोभेटिभले फाइनलय यात्रा तय गरेका हुन् ।

सिनियर ब्वाइजतर्फ सैनिक आवासीय मावि सल्लाघारी भक्तपुरले हिमालय स्कुल काठमाडौं, ज्ञान निकेटन स्कुल काठमाडौंले इनोभेटिभ स्कुल काठमाडौंलाई हराएर फाइनल यात्रा तय गर्न सफल भएको हो । यस्तैं जुनियर ब्वाइजतर्फ ज्ञान निकेटनले न्यातापोल स्कुल भक्तपुर, युनिक स्कुल काठमाडौंले हिमालय स्कुल काठमाडौँलाई पराजित गरी फाइनलमा प्रवेश पाएको हो । गल्सतर्फ तिरुपतिले हिमालय र इनोभेटिभले सैनिकलाई हराएर फाइनलमा प्रवेश पाएको हो ।

प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ । मंगलबारको फाइनल खेल सिनियर ब्वाइजतर्फ सैनिक र ज्ञान निकेटन, जुनियर ब्वाइजतर्फ ज्ञान निकेटन र युनिक र गर्ल्सतर्फ तिरुपति र इनोभेटिभबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विजयी टिमहरूलाई भोलि  नै पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम छ । आयोजक स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले फ्रेण्डसिप फष्ट र कप्यिटसन सेकेण्ड भन्ने भावनाका साथ प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको जनाए । स्कुलहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले पनि प्रतियोगिता गर्दै आएको उनले जनाए ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ वटा स्कुलहररुबाट सहभागी भएको आयोजकले जनाएको छ ।

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

दुवाचौर भलिबलको उपाधी आयोजक योङ स्टार लाई

  मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा आयोजित जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल

सिन्धुपाल्चोक खेलकुद महासंघमा श्रेष्ठ

मेलम्ची। नेपाल खेलकुद महासंघ सिन्धुपाल्चोक जिल्ला अधिवेसनबाट राजु श्रेष्ठ अध्यक्षमा चुनिएका छन्। सिन्धुपाल्चोकको

साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

  साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नेपाल पाँचौ प्रयासमा पनि असफल भएको छ।