‘जनताको साथमा कांग्रेस’ अभियान १० भदौबाट, ७७ जिल्लामा तोकियो केन्द्रीय प्रतिनिधि



 

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकिसकेको छ । तर, मंगलबारसम्म कांग्रेसले सर्कुलर जारी गरेको छैन ।

पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको हो । कांग्रेसले केन्द्रीय सदस्य जितजंग बस्नेतलाई काठमाडौं, अम्बिका बस्नेतलाई भक्तपुर, नानु बास्तोलालाई ललितपुर, शंकर भण्डारीलाई लमजुङ, देवेन्द्रराज कँडेललाई गुल्मी जिल्लामा प्रतिनिधिका रूपमा खटाएको छ ।

केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका केन्द्रीय सदस्यहरूले जिल्लाका वस्तुगत स्थिति र चुनावमा पार्टीको पोजिसनबारे पार्टीलाई रिपोर्टिङ गर्नुपर्ने छ । ‘पार्टीले दिएको जिम्मेवारीअनुसार १० भदौंदेखि काठमाडौंमा कांग्रेसको पोजिसन, कमीकमजोरी, संगठन सुदृढीकरण अभियानमा लाग्नेछु,’ बस्नेतले भने ।

माधव नेपाललाई अर्को धक्क: कृष्णहरिले छोडे एस

काठमाडौ । काठमाडौको कागेश्वरी मनोहराका निवर्तमान मेयर कृष्ण हरि केसीले नेकपा (एकृकित समाजवादी)

राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत (फोटोफिचर)

असोज ५, काठमाडौं । संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष

राष्ट्रपतिको कदम संवैधानिक व्यवस्था माथि नै प्रहार : गठबन्धन

काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था

राष्ट्रपतिलाई संविधान उलङ्घन गर्ने छुट छैन – नारायणकाजी श्रेष्ठ

काठमाडौं । माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट नभएको