भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच भन्दा बढी



नयाँदिल्ली । भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच सय भन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म आठ हजार पाँच सय ८६ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ ।

यसैसँगै भारतमा चार करोड ४३ लाख ५६ हजार भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात सोमबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा ९ हजार पाँच सय ३१ जनामा सङ्क्रमण देखापरेको थियो ।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९६ हजार पाँच सय छ जना रहेका छन् ।कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार तीन सस ७० भन्दा बढीको मृत्यु भएको छ ।

भारतमा हिजो एक दिनमा नौ हजार छ सय ८० जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ३३ हजार छ सय २४ जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब दश करोड २४ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

यस्ता छन् ढाड दुख्ने समस्याबाट छुटकारा पाउने घरेलु उपायहरु

एकै ठाउँमा लामो समयसम्म बसिरहने, लामो समयसम्म कम्प्युटरमा काम गर्ने, व्यायाम नगर्ने जस्ता

आजदेखि अंग्रेजी नयाँ वर्ष २०२४ सुरु

काठमाडौं । अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ। नेपालसहित

सेक्स टिप्स- मर्निङ वाकभन्दा मर्निङ सेक्स उत्तम

काठमाडौं । सेक्सका लागि सबैभन्दा उत्तम समय कुन हुन सक्छ रु धेरैजसो जोडीको

किड्नी सफा गर्न धनियाँ, यस्ताे छ प्रयाेग बिधी

काठमाडौं । किड्नीले शरीरका विकार फिल्टर गर्ने भएकाले किड्नीमा विकार र फोहोर प्रशस्तै

 सामाजिक सञ्जालमा हामी