जापानमा कोभिडका कारण एकै दिनमा ३ सय ४३ जनाको मृत्यु



टोकियो । जापानमा कोभिडका कारण पछिल्लो एकै दिनमा ३ सय४३  जनाको मृत्यु भएको छ ।

जापानमा अहिले कोभिडको सातौँ लहर चलेको छ । यहँ दैनिक औसतमा ३ सय जनाको मृत्यु हुने गरेको छ । सोमबार पनि कोभिडबाट एकै दिन ३२७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

दैनिक सङ्क्रमितको सङ्ख्या पनि पछिल्लो समयमा अत्यधिक देखिएको छ ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा २ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । जापानमा दैनिक कोभिड सङ्क्रमितको सङ्ख्या ३ लाखसम्म पुगेको थियो ।

सङ्क्रमितको सङ्ख्या बढेसँगै सरकारले गतिविधिमा कडाइ गरेको छ । अनिवार्य मास्क लगाउन, स्यानिटाइजरको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्नेमा ख्याल गर्न सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।एजेन्सी

नेपाल र चीनबीच के के भए सहमति र समझदारी ?

काठमाडौं : नेपाल र चीनबीच विभिन्न ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको

यु-१९ एसिया कप : बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं : एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा श्रीलंकासँग ५५ रनले

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

 सामाजिक सञ्जालमा हामी