विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ



 

काठमाडौं । दाङ, झापा र चितवनबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–५ उद्योग वाणिज्य टोलबाट नियन्त्रित लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने तुलसीपुर उपमहानगरपालिका–६ घर भएका २४ वर्षीय जनक बुढाथोकी लगायत चार जना छन् ।

उनीहरुबाट ट्रामाडोल २५२ पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले बुढाथोकीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

झापाको हल्दिबारी गाउँपालिका–४ जलथलबाट ७ ग्राम ९२० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने ३५ वर्षीय जेमिल महमदलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका–१० दिवान रेष्टुरेन्टबाट करिब ६४० मिलिग्राम खैरो हेरोइनसहित सोही महानगरपालिका–९ बस्ने ३५ वर्षीय रत्न बहादुर प्रजापतीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय