महानगरले भत्कायो अल्फाबिटाको अवैध संरचना



काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ । ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा पुगेको थियो ।

तर, नभत्काएको पाइएपछि बिहीबार अपरान्ह मेयर बालेनकै नेतृत्वमा गएको महानगरको टोलीले अल्फाबिटाको अवैध संरचना भत्काएको हो ।

बिहीबार बिहान अल्फाबिटाका प्रतिनिधिले दाबी गरिएको जस्तो वैध संरचना नरहेको पुष्टि गर्ने कागजात बोकेर मेयर बालेन डोजरसहित अल्फाबिटा पुग्नुभयाे।  घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगेको महानगर टोलीले अवैध संरचना भत्काएको हो ।

गत सोमबार नयाँ बानेश्वरमा र बुधबार सुन्धरा, न्यूरोडसहितका स्थानमा अवैध संरचना महानगरले भत्काएको थियो ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी