बङ्गलादेशमा क्षयरोगबाट वार्षिक मृत्यु हुनेको सङ्ख्या चालीस हजार



ढाका । बङ्गलादेशमा पछिल्लो दशकमा क्षयरोगबाट हुने मृत्युदर निरन्तर घट्दै गएको  छ । हालैका वर्षहरूमा वार्षिकरूपमा मृत्यु हुनेको सङ्ख्या ४०,००० पुगेको छ । यो सङ्ख्या १० वर्षअघिको  तुलनामा आधा रहेको  स्वास्थ्यमन्त्री जाहिद मालेकले  बताएका छन् ।

“दश वर्ष पहिले क्षयरोगबाट प्रत्येक वर्ष ८०,००० जनाको मृत्यु हुने गर्दथ्यो। यो अहिले ४०,००० मा झरेको छ,” जाहिद मलेकले बुधबार एक कार्यशालामा  उल्लेख गरेका छन् ।

उनका अनुसार क्षयरोगका ९७ प्रतिशत बिरामी नियमित औषधि सेवनले निको भइरहेका छन् ।
क्षयरोग विरुद्धको सरकारको सामुदायिक अधिकार तथा लैङ्गिक कार्य योजना २०२१-२३ सम्बन्धी कार्यशालामा मन्त्रीले स्वास्थ्य विकासको यो युगमा क्षयरोगबाट ४० हजार मानिसको मृत्यु हुनु राम्रो सङ्केत नभएको बताएका छन् ।

“यसको मतलब क्षयरोगबाट दैनिक १०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने हामी कोभिड-१९ भाइरसबाट एक वा दुई जनाको मृत्युको बारेमा चिन्तित छौं यो पुनर्विचार गर्नुपर्छ।
‘यो अवस्था धेरै चिन्ताजनक छ।  मृत्युदर शून्यमा पु¥याउन हाम्रा सबै मन्त्रालयले मिलेर काम गर्नुपर्छ,’ उनले भने ।

उनले क्षयरोग विश्वभर मृत्युको १३ औं कारण मध्येको एक भएको उल्लेख गरेका छन् ।
“हामीले बङ्गलादेशमा धेरै रोगहरू नियन्त्रण गरेका छौं। हामीले  देशलाई पोलियो, हैजा र झाडापखाला र टिटानसकै कारणबाट हुने मृत्यु रोकेका छौं। हामी क्षयरोग नियन्त्रण गर्न पनि काम गरिरहेका छौं” उनले भने ।

चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

काठमाडौं, असोज ३ । कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा चीनमा २७ जनाको

बंगलादेशकी प्रधानमन्त्री भारत भ्रमणमा

  नयाँ दिल्ली । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता

एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु

  काठमाडौं । एक महिनाको अवधिमा युनाइडेट अरब इमिरेट्स युएई मा २४ जना

रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति गर्यो : अमेरिका

  न्युयोर्क । रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनःपूर्ति