सिट बाँडफाँट गर्न पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्ने



काठमाडौँ । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले दिएको निर्देशन अनुसार आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएअनुसार कार्यदलमा छलफल निरन्तर चलिरहेको छ ।

बिहीबार बसेको कार्यदलको बैठकमा नेपाली काँग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेश गरेका छन् ।

सिट बाँडफाँट टुङ्गोमा पुग्नका लागि कार्यदलको बैठक झन्डै एक महिना देखी चलिरहेको भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन । कार्यदलको बैठकले विस्तृत अध्ययन प्रतिवेदन बुझाए पछि गठबन्धनका शीर्ष नेताले अन्तिम निर्णय लिनेछन् ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा

निरन्तरको वर्षाले नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्न जानेलाई समस्या

नवदुर्गाको प्रसाद लगाउन मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् ।विजयादशमीका

दुवाचौर भलिबलको उपाधी आयोजक योङ स्टार लाई

  मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा आयोजित जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल