एमाले केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान १२ बजे देखि  बैठक सुरु भएको हो । एमाले  प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको रिजालले जानकारी दिनुभयो ।

यस्तै  सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन,  भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण र . समसामयिक प्रस्ताव रहेका छन् । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो ।

यही भदौ ७ गते स्थायी र भदौ ९ गते पोलिटव्यूरो बैठक बसिसकेको छ । ती दुवै बैठकमा नेताहरूले पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सुझाव दिएका थिए ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा

निरन्तरको वर्षाले नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्न जानेलाई समस्या

नवदुर्गाको प्रसाद लगाउन मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् ।विजयादशमीका

दुवाचौर भलिबलको उपाधी आयोजक योङ स्टार लाई

  मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा आयोजित जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल