हिमालयको भैरहवामा पहिलो ट्रेनिङ फ्लाइट



 

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्रष्ट्रिय विमानस्थलमा बिहीबार हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइट गरेको छ । निर्माण सम्पन्न भई संचालनमा आएको ३ महिना पश्चात अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा कम्पनी हिमालयले बिहीबार अपरान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म पाइलटहरूको ट्रेनिङको लागि परीक्षण उडान गरेको हो ।

पहिलो पटक भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा टेनिङको लागि बिहान १२ बजे ९९५ विमानले अवतरण गरेको छ । काठमाडौंबाट पाइलटहरु मात्र बोकेको हिमालयको जहाज भैरहवामा ५ बजेसम्म रहने विमानस्थल प्रशासनले जानकारी दिएको छ । भैरहवाबाट आएको जहाज ट्रान्जिट उडानका रुपमा अवतरण गरेको हो ।

यो विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक हिमालय एयरलाइन्सको जहाज भैरहवा आएको हो । अहिले जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहालले भने, ुयहाँबाट सफलतापूर्वक सम्पन्न गरि गएको र सबै कुरा राम्रो भन्ने आएकोले भविष्यमा हिमालय एयरलाइन्सले पनि यहाँबाट उडान गर्ने सम्भावना छ ।ु

महङ्गो मानिएको यो तालिम नेपाली एयरलाइन्सहरूले यसअघि प्रायस् भारतको बनारसमा गर्ने गरेका थिए । जहाजहरुले आफ्नो उड्ने र ओर्लने गन्तव्यभन्दा बाहिर ९बेसभन्दा बाहिर० लगेर पाइलटलाई तालिम दिनुपर्ने हुन्छ । जसले विदेश जाने ठूलो धनराशीसमेत जोगिने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुरेश झाले भने, ुयस्ता तालिम नभए पाइलटहरू तयार हुन सक्दैनन् र क्याप्टेन हुन सक्दैनन् । धेरै महङ्गो हुने भएकोले समूहमा यो तालिम गर्ने गरिएको छ ।

गत २ जेठबाट गौतमबुद्धमा व्यावसायिक उडान सुरु भएको हो । त्यसयता जजिराले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीन दिन उडान गर्दै आएको छ । वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न सरकारले यसअघि नै गौतमबुद्ध विमानस्थलमा एक वर्षका लागि अवतरण, सञ्चार, सुरक्षा लगायतमा शुल्कमा विमान कम्पनीलाई पूर्ण छुट दिएको छ

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी