हतियार देखाएर आईएमई लुटपाट



 

सर्लाही । सर्लाहीको दक्षिणी क्षेत्र गोडैता बजारमा सञ्चालनमा रहेको एक आईएमईमा दिन दहाडै लुटपाट भएको छ । शुक्रबार बिहान सर्लाहीको गोडैता नगरपालिका–८ बजारमा सञ्चालनमा रहेको आईएमई पसलमा लुटपाट भएको हो ।

चार जनाको समुहमा रहेका नकाबधारी समूहले हतियार देखाएर आईएमईबाट ८ लाखभन्दा बढी रकम लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटेरा समुह रकम लुटेर तत्काल फरार भएको स्थानीयले बताए । घटना स्थलबाट दुई सय मिटरको दुरीमा प्रहरीचौकी रहेको छ ।

लुटेरा समूहले आईएमईबाट एक थान कम्प्युटर सहित नगद ८ लाख ५० हजार रुपैयाँ लुटेर लगेको आईएमई संचालकको भनाई छ । बिहान १० बजेको समयमा दुईवटा मोटरसाइकलमा चार जना नकाबधारी समूह आएका र उनीहरुले हतियार देखाई लुटपाट गरेको सञ्चालक शुभनारायण पण्डितले बताए ।

घटनालगत्तै प्रहरी नायव उपरीक्षकको कमान्डमा त्यस क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विजय यादवको नेतृत्वमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको हो । प्रहरी नायव उपरीक्षक यादवले घटना बारेमा सोधपुछ तथा लुटेरा समूहको पहिचानको प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय